बैंकहरुले बढाएको ब्याजदर तत्काल फिर्ता गर्न केन्द्रीय बैंकको निर्देशन।
२ कार्तिक २०७८, काठमाडौं
ब्याजदरमा अनावश्यक चलखेल हुन थालेपछि केन्द्रीय बैंकले अंकुश लगाइदिएको छ । मंगलबार एक निर्देशन जारी गर्दै केन्द्रीय बैंकले अघिल्लो महिना कायम ब्याजदरमा १०% भन्दा बढीले परिवर्तन गर्न नपाइने व्यवस्था गरेको छ । यस व्यवस्थाले बैंकहरुले मनपरि ढंगलबाट ब्याजदर बढाउन पाउनेछैनन् ।
यसैगरी, कात्तिक महिनाका लागि ब्याजदर सार्वजनिक गरिसकेका बैंकहरुले समेत अब बुधबारभित्र कात्तिक ३ गतेभित्र यस निर्देशन अनुसार नयाँ ब्याजदर अनिवार्यरुपमा आफ्नो वेबसाइटमा प्रकाशित गर्नुपर्नेछ । साथै, यस्तो ब्याजदर कात्तिक ५ गतेभित्र दैनिक पत्रिकामा समेत प्रकाशित गर्नुपर्नेछ । केन्द्रीय बैंकको यस निर्देशनबाट कात्तिक १ गतेबाट लागू हुने गरी अस्वभाविकरुपमा वृद्धि गरिएको ब्याजदरमा अंकुश लाग्ने भएको छ ।
यसरी वृद्धि गरिएको ब्याजदर अब घट्ने भएको छ । यसैगरी, संस्थागत मुद्दति निक्षेपमा पनि सर्वसाधारणलाई दिइने भन्दा १ प्रतिशत कम ब्याजदर दिनुपर्नेछ । केन्द्रीय बैंकले मंगलबार ३ बुँदे निर्देशन जारी गर्दै कात्तिक १ गतेदेखि लागू हुने गरी बढाइएको ब्याजदर फिर्ता गर्न निर्देशन दिएको हो ।