मिथिला परिक्रमामा सहभागी एक भारतीय महिलाको मृत्यु।
२३ फाल्गुन २०७८, जनकपुरधाम ।
१५ दिने ऐतिहासिक तथा धार्मिक मिथिला मध्यमा परिक्रमामा सहभागी एक महिलाको मृत्यु भएको छ ।
महोत्तरीको जलेश्वर पडावस्थलमा अन्दाजी ५० वर्षीया प्रमिलादेवी साहको मृत्यु भएको हो । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टका अनुसार मृतक महिला भारत विहारको मधुवनी जिल्ला बासोपट्टी गाउँकी हुन ।
जलेश्वर नगरपालिका २ स्थित पोखरीमा नुहाउने क्रममा उनी बेहोस् भएकी थिइन् । लगत्तै उनलाई अस्पताल लगिएको थियो । तर चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रवक्ता विष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय