डोटीमा पहिरोले गर्दा एकै घरका चार जनाको मृत्यु।
२ कार्तिक २०७८, काठमाडौं।
गत आइतबार देखि परेको अविरल बर्षाका कारण आज मंगलबार दिउँसो घर भत्किँदा डोटीको जोरायल गाउँपालिका-४ सयगडामा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मृत्यु हुनेमा ४२ वर्षीय शेरबहादुर बिकसहित उनका १८ वर्षका छोरा मोहन, १२ वर्षीया छोरी पवित्रा र सोही घरमा मामाघर आएका १६ वर्षीय रविनको मृत्यु भएको हो।
घटनाबारे पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिए। घटनास्थलमा पुगेको प्रहरी टोलीले थप विवरण संकलन गर्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय