पाटन-जावलाखेल-पुलचोक धुम्रपान निषेधित क्षेत्र घोषणा।
२० फाल्गुन २०७८, काठमाडौं।
ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ । शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी • यी तीन क्षेत्रलाई धुमपान निषेधित क्षेत्र घोषणा गरेको हो । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यो कार्यक्रम दुई वर्षअघि नै शुभारम्भ गर्ने योजना रहेपनि कोरोनाको कारण सफल हुन नसकेको बताए । उनले आजबाट लागू हुनेगरी शुरु भएको धुम्रपान निषेधित क्षेत्रमा सुरुवाती सात दिन धुम्रपान नगर्न आग्रह गर्ने र त्यसपछि जरिबाना तिराउने बताए । जरिवानाबाट उठेको रकम क्यान्सर पीडितलाई सहयोग गर्ने प्रतिवद्धता पनि जनाए।
मेयर महर्जनले भने, ‘यो आउटस्ट्याण्डिङ कार्यक्रम हो । नेपाल सरकारले घोषणा गर्छ तर कार्यान्वयन गर्दैन । तसर्थ आज हामीले यो कार्यक्रम शुभारम्भ गरेका छौँ । दुई वर्ष अघि नै लञ्च गर्ने कार्यक्रम थियो तर कोरोना भाइरसका कारण सफल हुन सकेनौँ । स्मोकिङ किल्स भन्ने जुन भनाइ छ यो शतप्रतिशत करेक्ट छ । अहिले हामीले जावलाखेल, पुलचोक र पाटन दरबार स्क्वाएर क्षेत्रमा यो कार्यक्रम लागू गर्न गइरहेका छौं । हामी यसलाई फ पारेरै छोड्छौँ । सुरुवाती ७ दिन हामी चुरोट नखानुस् भन्छौँ त्यसपछि जरिबाना तिराउँछौँ । त्यो जरिबाना क्यान्सर रोगीलाई नै सहयोग गर्नेछौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा