सुदूरपश्चिम सरकारले बाढीपहिरो प्रभावित जिल्लालाई २५ लाख दिने निर्णय।
२ कार्तिक २०७८, काठमाडौं।
सुदूरपश्चिम प्रदेश सरकारले बाढीपहिरो प्रभावित सबै जिल्लाहरुलाई जनही २५ लाख रुपैयाँ दिने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालको लागि विपद् व्यवस्थापन, राहत र उद्धारको लागि जिल्ला विपद् व्यवस्थापन कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारकी प्रवक्ता पूर्णा जोशीले जानकारी दिइन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेकी उनले क्षतिको यकिन विवरण आएपछि थप राहत उपलब्ध गराउने बताइन् ।
अविरल वर्षाका कारण प्रदेशमा विभिन्न ठाउँमा क्षति पुगेपछि सुदूरपश्चिम सरकारले आकस्मिक क्याबिनेट
बैठक बोलाएको थियो ।बैठकमा वर्षाले पुगाएको क्षति, राहत र उद्धारको विषयमा छलफल भएको मन्त्री जोशीले बताइन् । प्रदेशको सबै जनशक्ति विपद् व्यवस्थापन, उद्धार र राहतमा लाग्न समेत सर्कुलर गरिने उनले उल्लेख गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय