अविरल वर्षाका कारण सुदुरपश्चिम प्रदेशमा आकस्मिक बैठक बस्दै। 

२ कात्तिक २०७८ काठमाडौं।

सुदूरपश्चिम प्रेदशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

अविरल वर्षासँगै प्रदेशका विभिन्न ठाउँमा आएको बाढी, पहिरो तथा उद्दार र राहतका विषयमा छलफल गर्न मुख्यमन्त्री भट्टले आकस्मिक बैठक बोलाएका हुन् । आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बैठक बसिरहेको जानकारी दिइन् ।

सुदूरपश्चिम प्रदेशमा आइतरबार साँझदेखि परेको वर्षापछि आएको बाढी र पहिरोले विभिन्न स्थानमा क्षति गरेको छ । हालसम्म डोटी र डडेल्धुरामा पहिरोका कारण तीन जनाको मृत्युु बेपत्ता भएका छन् भने दुई जना घाइते छन् ।

कैलालीमा बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन् । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा गरेर झण्डै तीन सय घर डुबानमा परेका छन् ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय