प्रदेश-२ राजधानी जनकपुरधाम जलमग्न दर्जनौं घर डुबानमा।
२ कार्तिक २०७८, काठमाडौं
आज विहानैदेखि जारी वर्षाले गर्दा प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम जलमग्न बनेको छ ।
वर्षाको पानीले जनकपुरधामको दर्जनौं घर डुबानमा परेको छ भने बिभिन्न सडकहरु पानिले भरिएका छन्।
वर्षाको पानीले गर्दा बिभिन्न चौक चौकको पसलहरुमा पानी पसेर व्यावसायीहरु समस्यामा परेको छ। जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । उनका अनुसार यो वर्षमै सबभन्दा बढी वर्षा आज भएको छ ।वर्षाले अहिलेसम्म जिल्लामा कुनै किसिमको मानविय क्षति नभएको प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले जानकारी दिए। यद्यपि क्षति विवरण संकलन गर्न प्रहरीलाई परिचालन गरिएको उनको भनाई छ ।