नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्र सिंह ऐरी शारदा ग्रुपको ओमोडा एन्ड जेइकोको ब्राण्ड एम्बेसडर बनेका छन्।

शारदा ग्रुपका अध्यक्ष शिव रतन शारदा र दीपेन्द्रले सोमवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता ३ वर्षको लागि रहेको बताइएको छ। सम्झौता रकम भने खुलाइएको छैन।

दीपेन्द्रले शारदा ग्रुपसँग जोडिन पाउँदा खुसी लागेको बताए। नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट खेलाडी बन्दै दीपेन्द्रले ६२ लाख मुल्यको कार प्राप्त गरेकोमा नेपाल क्रिकेट संघ ९क्यान० र शारदा ग्रुपलाई धन्यवाद दिए। यस्तो हौसलाले अन्य खेलाडीलाई पनि क्रिकेट खेल्न प्ररित गर्ने उनले बताए।

दीपेन्द्रलाई गाडीको साँचो हस्तान्तरण गर्दै शारदा ग्रुपले उनले एनपिएलमा प्राप्त गरेको गाडी हस्तान्तरण पनि गरेको छ।

दीपेन्द्रले बुवा र आमाको उपस्थितिमा गाडी लिए। सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्रले एनपिएलमा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनको टोली फाइनलमा पुगेको थियो।

नेपाली क्रिकेटको इतिहासमा कार पुरस्कार पाउने उनी पहिलो खेलाडी समेत बनेका छन्। ब्रान्ड एम्बेसडरको रुपमा दीपेन्द्रको यो पाँचौं सहकार्य हो। यसअघि उनी ब्रान्ड एम्बेसडरको रूपमा अर्ना, ग्रेस, ई(सेवा र एक्स( एजसँग पनि जोडिएका छन।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय