नेपाल प्रिमियर लिग सकिएलगत्तै नेपाली राष्ट्रिय टोलीका खेलाडी दाजुभाइ आरिफ शेख र आसिफ शेख एकैदिन बिवाह बन्धनमा बाधिन लागेका छन् । दुबै जना दाजु भाई आफ्नो समुदायका युवती सँग मागि बिवाह गर्न लागेका हुन् ।

अलराउण्डर आरिफले सबाना खातुनसँग र आसिफले आरजु अन्सारीसँग मुस्लिम परम्पराअनुसार एकैदिन विवाह गर्दे छन् । यतिखेर होम टाउन विरगञ्जमा रहेका आरिफ / आशिफ बिहेको निमन्त्रणा कार्ड धमाधम बाँडिरहेका छन्।

कार्डमा उनीहरूको विवाहको रिसेप्सन जनवरी ४ अर्थात् पुस २० गते वीरगञ्जमा हुने लेखिएको छ। दाजु भाईको विवाहका लागि परिवामा चलहपहल बढेको छ । हालै सम्पन्न भएको एनपिएलमा वीरगञ्ज महानगर–१२ स्थित मुर्ली नयाँटोलका शेख दाजुभाइ फरक–फरक टिमबाट सहभागी भएका थिए ।

फाइनलमा दुइ दाजुभाइकै टिमको भिडन्त भएको थियो। तर, आसिफको जनकपुरले उपाधी जित्दा आरिफको सुदूरपश्चिम उप–विजेता बनेको थियो।

आफ्नो कोखबाट हुर्किएका दुई सन्तान खेलको मैदानमा आमनेसामने हुँदा बुवा मोहमद सलाम शेखले आसिफको टिम जनकपुरलाई समर्थन गरेका थिए भने आमा प्रवीण बानु आरिफको टिम सुदूरपश्चिमको पक्षमा उत्रिएकी थिइन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय