प्रतिनिधि सभाको बैठक आज पनि स्थगित।
१३ फाल्गुन २०७८, काठमाडौं।
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतामाथि छलफल गर्ने तय भएको प्रतिनिधि सभाको बैठक आज पनि स्थगन भएको छ।
आज बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगन भएको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए। अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने पाण्डेले बताए।
प्रतिनिधि सभाको बैठक दोस्रो पटक स्थगन भएको हो। यसअघि १२ फागुनमा बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगन भएको थियो।
अर्थ मन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ८ फागुनमा एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल गरेका थिए। सत्तारूढ गठबन्धनमा देखिएको विवादका कारण त्यसमाथि छलफल हुन सकेको छैन।
सत्तारूढ गठबन्धनमा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) एमसीसी सम्झौता पारित गर्ने पक्षमा छन् भने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा विपक्षमा छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
1
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा