बानेश्वर क्षेत्र तनावग्रस्त प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार।
१२ फाल्गुन २०७८, काठमाडौँ।
एमसीसीको विरुद्धमा रहेका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच बानेश्वर क्षेत्रमा घम्साघम्सी भएको छ । जसले गर्दा यतिबेला बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । प्रदर्शनकारीले ब्यारिकेड तोडेर प्रहरीमाथि आक्रमण गर्न थालेपछि प्रहरीले लगातार अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीलाई तितरबितर पारिरहेको छ।
सत्तारुढ दल माओवादी केन्द्रको भ्रातृ संगठन आईसीएललगायत अन्य दलका कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको हो ।
माओवादी केन्द्रलगायत राप्रपा नेपाल तथा अन्य दलका कार्यकर्ताले नाराबाजी गर्दै प्रहरीले लगाएको ब्यारिकेड तोड्न खोजेपछि प्रहरीले भीडलाई तितरबितर बनाउनका लागि अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय