गएको शुक्रबार घटेको सुनको मूल्यमा आज पनि व्यापक गिरावट आएको छ।
नेपाली बजारमा आइतबार सुनको मूल्य घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य आज २२०० रुपैयाँले घटेको हो ।
शुक्रबार छापावाल सुन तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो, भने आइतबार घटेर तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको छ ।
यस्तै आइतबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार २० रुपैयाँले घटेर १ हजार ८४० रुपैयाँ कायम भएको हो ।
