लामो समयदेखि गृहयुद्ध झेलिरहेको सिरियामा इस्लामिक विद्रोहीले राजधानी कब्जा गर्न लागेपछि राष्ट्रपति बसद अल असाद दमास्कसबाट भागेका छन ।

बीबीसीका अनुसार विद्रोही समूहले देशको उयत्तर,पूर्व र दक्षिण तीन दिशाबाट राजधानी दमास्कस कब्जा गर्न अघि बढेको छ ।

शनिवार राति राजधानीका सडक सुनसान थिए भने राष्ट्रपति असद दमास्कसबाट कहाँ गए भन्ने केही बताइएको छैन ।

अल कायदाका पूर्व कमान्डरले नेतृत्व गरेको हायात ताहिर अल साम र अमेरिकाले सहयोग गरेर बनेको फ्री सिरियन आर्मी नामक लडाकु समूहले सामूहिक आक्रमण गरेर राजधानी कब्जा गरेका हुन ।

राष्ट्रपति बसल अल असदका फौजले युद्ध नलडी छोडेर हिँडेकोले प्रकाश गतिमा विद्रोहीले जित्न सफल भएका हुन ।

बसर अल असद धर्मनिरपेक्ष सत्ताधारी हुन भने विद्रोही इस्लाइमिक जिहादी हुन । सिरिया मात्र नभएर उज्बेकिस्तान देखी तालिवानसम्मका लडाकु जोडिएका समाचार सार्वजनिक भएका छन् ।

विद्रोहीले राजधानी कब्जा गरेको घटनालाई अमेरिका, इजरायल, टर्कीको जित र रुस तथा इरानको हारको रूपमा चित्रित गरिएको छ ।

गत दशक देखी असदलाई हटाउन भएका विद्रोहलाई रुस र इरानले सहयोग गरेर अन्त्य भएका थिए । तर, यो पटक सरकारी सेनाले युद्धै नलडेकोले विद्रोही सफल भएका हुन ।

यसअघि विद्रोही समूहले राजधानी जाने बाटोमा रहेको रणनीतिक सहर होम्स कब्जा गरेको बताएको थियो । तर सिरियाली रक्षा मन्त्रालयले यसलाई अस्वीकार गर्दै होम्सको अवस्था सुरक्षित र स्थिर रहेको बताएको छ।

वर्षौंदेखि असद सरकारलाई समर्थन गर्ने हिजबुल्लाहले पनि आफ्ना सेनाहरूलाई फिर्ता हुन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय