
बाराको बरियारपुरमा लाग्ने महागढीमाई मेलाका अवसरमा सरकारले आज मधेश प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
गढीमाईमा हरेक पाँच–पाँच वर्षमा ठूलो मेला लाग्दछ । हाल बरियारपुरमा दर्शनार्थीहरुको भीड छ ।स्थानीय विद्यालयहरु शुक्रबारदेखि नै बन्द छन् ।
दर्शनार्थीहरुको सहजताका लागि सुरक्षाकर्मी, स्वयंसेवक, पानी, बिजुली, शौचालय, पार्किङ, सीसी टिभी क्यामरा लगायतको व्यवस्था मिलाइएको छ ।
शुक्रवार साँझ एक समारोह बिच वडा अध्यक्ष चन्दन कुशवाहाले रिबन काटेर उदघाटन गरेपछी औपचारिक रूपमा मेला सुरु भएको थियाे ।
मंगसिर २४ गते सम्म लाग्ने मेलामा आज देखि आईतवार सम्म विर्जाभारको नाच व्यवस्था गरिएको छ भने सोमवार टिकटक स्टारहरुको जमघट हुने छ। बलिरामपुर टोलापुरमा रहेको गढीमाई मन्दिरको प्राङ्गणमा पछिल्लो १५ बर्ष देखि प्रत्येक पाँच वर्षमा गढीमाईको मेला लाग्दै आएको छ ।
गढीमाई मन्दिरमा दर्शन गर्न दर्शनार्थीहरु आउने गर्दछन् ।भाकल पुरा हुनेहरूले पशु बलि समेत दिने गरेका छन् । यस मेलामा रौतहट सहित अन्य जिल्लाबाट भक्तजनहरू आउने गर्दछन् ।