नेपाल प्रिमियर लिग(एनपीएल) मा विराटनगर किङ्सले पहिलो जित दर्ता गरेको छ ।

हाइस्कोरिङ थ्रिलरमा लुम्बिनी लायन्सलाई विराटनगरले दुई विकेटले हरायो ।

लुम्बिनीले दिएको १९२ रनको लक्ष्य बिराटनगरले एक बल बाँकी छँदा हासिल गरेको हो । दुवै तर्फबाट रन वर्षा भएको खेलको अन्त्यमा हिरो भए स्कटल्यान्डका क्रिस सोल । नवौं विकेटका रुपमा सोल क्रिजमा आउँदा बिराटनगरलाई ४ बलमा १३ चाहिएको थियो । उनले विवेक यादवलाई एक छक्का र दुई चौका हान्दै लुम्बिनीलाई स्तब्ध बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय