नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरुले आज बिहान धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।

कार्यक्रममा नेपाल क्रिकेट संघ ९क्यान० का पदाधिकारीसहित विशिष्ट व्यक्तिहरुको सहभागिता थियो।

ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले एनपीएलले नेपालको पर्यटन विकासमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा क्यानका सचिव पारस खड्काले एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको जानकारी दिए। उनले यो ट्रफीमात्र नभई यसले विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश समेत दिएको बताए।

नेपालमा पहिलोपटक यही मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा एनपीएल हुँदैछ। एनपीएलमा आठ टोलीको सहभागी हुँदैछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय