नेपाली बजारमा सुन र चाँदीको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ ।
मंगलबार सुन तोलामा ३ सय रुपैयाँ बढेको छ । यो वृद्धिपछि सुन प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन १ लाख ६५ हजार ६ सय रुपैयाँमा सुनकाे काराेबार भएको थियो । यस्तै चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाइरहेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेसँगै चाँदी पनि २१०० रुपैयाँ पुगेको छ ।



