एमसिसि विरोधमा उत्रिएकामाथि पानीको फोहोरा।
०४ फाल्गुन २०७८, काठमाडौं।
एमसिसीको विरोधमा उत्रिकामाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ । बानेश्वरमा एमसिसी विरोधमा उत्रिएकामाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको हो।
आज संसदमा एमसिसी पेस गर्न लागेको भन्दै विभिन्न राजनीतिक दलका कार्यकर्ताले यसको विरोधमा प्रदर्शन गरेका छन् । सत्तारूढ दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीसमेत एमसिसीको विरोधमा सडकमा उत्रिएका छन् । त्यस्तै आज साना ६ वटा राजनीतिक दलले एमसिसीको विरोधमा नेपाल बन्दको गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय