नेपाल टेलिकमको जीएसएम मोबाइल नेटर्वकमा समस्या आएको छ । बिहान ११ बजेदेखि करिब २० मिनेट सम्म देशभरको मोबाइलहरूमा फोन नलाग्ने समस्या देखिएको हो ।
टेलिकमको वाइड एरिया नेटवर्कमा समस्या देखिँदा केही समय फोन नलाग्ने अवस्था भएको बताइएको छ । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार उक्त एसटी–वान नेटवर्कमा समस्या देखिएको थियो ।
उनका अनुसार अहिले सेवा सञ्चालन भइसकेको छ ।



