प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता।
०१ फाल्गुन २०७८, काठमाडौं।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बनमा परेका छन्। उनीविरुद्ध आजमात्रै महाअभियोग प्रस्ताव दर्ता भएको छ । नेपालको संविधानको धारा १०१ को उपधारा ६ मा महाभियोगको कारबाही प्रारम्भ भएपछि त्यस्तो कारबाहीको टुँगो नलागेसम्म आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने भनेर उल्लेख गरेको छ । सोहीअनुसार राणा स्वतः निलम्बनमा परेका हुन् ।
उनीविरुद्ध सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाका ९८ जना सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका हुन् । महाअभियोग दर्ता गर्न कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु आँफै पुगेका थिए । महाभियोग प्रस्ताव दर्ता गर्न सांसदहरू गगन थापा, डा. मीनेन्द्र रिजाल, जीवनराम श्रेष्ठ, पुष्पा भुसाल र देवप्रसाद गुरूङ संसद् सचिवालय पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय