ओकाठमाडौंको टुडिखेलमा यही भदौ १० गते गौरा विशेष कार्यक्रम हुने भएको छ। प्रसंसा संरक्षण समूहले विगत २७ वर्षदेखि गर्दै आएको गौरा विशेष कार्यक्रम यस वर्ष पनि आयोजना गरिने सांस्कृतिक विभाग प्रमुख एवं निर्तमान अध्यक्ष यज्ञराज उपाध्यायले बताए।

कार्यक्रममा देउडा खेल,  छलिया, पुतला, गौरा, ठको खेल, छलो, भुवोलगायत सांस्कृतिक प्रस्तुति रहने उपाध्यायले जनाए।

सांस्कृतिक कार्यक्रम र देउडा खेल बिहान ११ बजेबाट सुरु हुने उनको भनाइ छ। औपचारिक कार्यक्रम भने दिउसो २:३० बाट सुरु हुने छ। उपाध्यायका अनुसार दिउसो १:३० बजे भद्रकालीबाट सांस्कृतिक र्‍यालीसहितको टोली टुडिखेल प्रवेश गर्ने छ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, कर्णाली र सुदूरपश्चिमका राजनीतिक दलका नेताका साथै कलाकारहरूको सहभागीता रहने उपाध्यायले जनाएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि कार्यक्रमको निमन्त्रणा पठाइएको र आउनेबारे एकिन भइनसकेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय