नेपाली सेनाद्वारा सैनिक संग्रहालय हस्तान्तरण।
२८ माघ २०७८, काठमाडौं।
नेपाली सेनाले पाल्पा दरवार सैनिक संग्रहालय विधिवतरुपमा हस्तान्तरण गरेको छ । बिहीबार पाल्पा दरवार संग्रहालयका प्रमुखलाई विधिवत रुपमा हस्तान्तरण गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी बताएको हो ।
पाल्पाको तानसेन नगरपालिका–४ मा बिभिन्न ऐतिहासिक युद्ध सामाग्री, हातहतियार, पोशाक, आभूषण तथा बिभुषण र महत्वपूर्ण दस्तावेजहरु समाविष्ट गरी सेनाले उक्त संग्रहालय निर्माण गरेको थियो ।
हस्तान्तरण कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, तानसेन नगरपालिका नगर प्रमुख, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुख, इतिहासविद्, समाजसेवी, प्राध्यापकहरूको उपस्थिती रहेको थियो । उक्त सैनिक संग्रहालयको गत मंसिर १४ गते प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय