फ्रान्सका फुटबल सुपरस्टार किलीयन एमबाप्पे क्लबका मालिक बन्ने तयारीमा रहेका छन् ।
मिडिया रिपोर्टका अनुसार एम्बाप्पेले फ्रान्सको दोस्रो डिभिजन क्लब केनको बहुमत शेयर किन्ने तयारी गरेका हुन् ।
पिएसजी छोडेर स्पेनिस महारथी रियल म्याड्रिड पुगेका २५ बर्षिय एम्बाप्पेले अमेरिकी लगानीकर्ता ओक्ट्रीबाट नर्मन्डी आउटफिटमा ८० प्रतिशत सेयर किन्न २० मिलियन युरो खर्च गर्ने बताइएको छ ।
केन गत सिजन लिग २ मा छैटौं स्थानमा रहेको थियो ।एमबाप्पेले आफ्नो करियरको शुरुवातमा मोनाको क्लबमा हस्ताक्षर गर्नु अघि किशोरावस्थामा केनसँग लगभग आवद्ध भएका थिए ।
सन् १९१३ मा स्थापित केन क्लब दुई पटकको लिग २ च्याम्पियन समेत बनेको छ ।