मोहम्मद जयन्ती को अवसरमा भोलि प्रदेश २ मा सार्वजनिक विदा
१ कार्तिक २०७८, काठमाडौं ।
प्रदेश नम्बर २ मा पनि भोली सार्वजनिक विदा हुने भएको छ ।

सोमबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराउनु हुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनु भएको हो

 

यसै अवसर पारेर प्रदेश-२ सरकारले भोलि विदा दिएको हो ।
प्रदेश सरकारले नेपाल सरकारले दिएको विदा अतिरिक्त थप ११ वटा विदा दिएको छ, जसमा पैगम्बर महम्दको जन्म दिनलाई पनि राखिएको छ ।
प्रदेश २ मन्त्रीपरिषद्को गत बैशाख २ गते बसेको बैठकले नेपाल सरकारले दिएको बाहेक थप ११ वटा विदा दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय