चर्चित टिभी सिरियल ‘महाभारत’ का भीम प्रवीण कुमारको  निधन।
२५ माघ २०७८, काठमाडौं।
चर्चित टिभी सिरियल ‘महाभारत’ मा भीमको भूमिका निभाएका प्रवीण कुमार सोबतीको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा निधन भएको हो ।
अभिनयका अलावा प्रवीण कुमारले आफ्नो करियरमा खेलकुदमा पनि भाग लिएका थिए । उनी एथलीट पनि थिए ।
प्रवीण कुमार सोबतीले दुई पटक ओलम्पिकमा भारतको प्रतिनिधित्व गरेका थिए । उनले एसियाली र कमनवेल्थ गेम्समा देशका लागि धेरै स्वर्ण र रजत पदक जितेका थिए । खेलकुदमा गरेको योगदानका लागि उनलाई सन् १९६७ मा अर्जुन पुरस्कार प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय