सिन्धुपाल्चोक केन्द्र बनाएर आजै मात्र दुई वटा भूकम्प

काठमाडौं १ कार्तिक २०७८
सिन्धुपाल्चोक केन्द्र बनाएर आजै मात्र दुई वटा भूकम्प गएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो १ बजेर ४६ मिनेटमा सिन्धुपाल्चोकको पाङफुङ केन्द्र बनाएर ४.७ रेक्टरको भूकम्प गएको छ। यस्तै ३ बजेर २३ मिनेटमा सिन्धुपाल्चोककै हगाम केन्द्र भएर ४ रेक्टरको भूकम्प गएको हो। उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ।
यस अघि आइतबार गोरखा केन्द्र भएर भूकम्प गएको थियो। असोज १६ गते सिन्धुपाल्चोक नै केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय