हावाहुरीका कारण ३ जनाको मृत्यु, प्रदेशसभाको चौथो वार्षिकोत्सव समारोह स्थगित।
२१ माघ २०७८, काठमाडौं।
मधेस प्रदेशको प्रदेश सभा चौथो वार्षिकोत्सव समारोह स्थगित भएको छ। साथै
हावाहुरीका कारण बिभिन्न जिल्लामा ३ जनाको मृत्यु भएको छ । शुक्रबार आएको हावाहुरीका कारण रुख ढलेर किच्दा धनुषा र रौतहटमा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषाका २ विद्यार्थी र रौतहटकी एक महिला रहेकी छन् ।
धनुषाको सबैला नगरपालिका १२ स्थित फकिरचन्द मावि परिसरमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमाकुमारी सदा र ७ वर्षीय अरविन्द सदाको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ । हावा हुरीका कारण अचानक मसलाको रुख ढल्दा दुबै जनाको मृत्यु भएको धनुषा प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । दुवै विद्यार्थीको रुख ढलेर टाउकोमा चोट लागि घटनास्थलमै मृत्यु भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा