प्रधानमन्त्री देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त।
२१ माघ २०७८,काठमाडौँ।
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । देउवा ०७४ सालमा प्रधानमन्त्री हुँदा प्रेस संयोजक भएर काम गरेका परियारले त्यसपछि कांग्रेस सभापतिकोरुपमा समेत देउवाको प्रेस संयोजकको रुपमा काम गर्दै आएका थिए ।

पाँचौ पटक प्रधानमन्त्री भएपछि अनौपचारिकरुपमा देउवाको सचिवालयमा बसेर काम गरिरहेका परियार प्रेस सल्लाहकार नियुक्त भएका हुन् । गत २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले अहिलेसम्म पनि आफ्नो सचिवालयलाई पूर्णता दिइसकेका छैनन् ।

देउवाले प्रमुख स्वकीय सचिव भानु देउवालाई नियुक्त गरेका छन् भने अन्य विभिन्न पदमा विज्ञहरु नियुक्त भएका छन् । तर, राजनीतिक सल्लाहकार र परराष्ट्र लगायत महत्वपूर्ण भने रिक्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय