देशको बिभिन्न ठाउँमा वर्षा र हिमपात:जनजिवन प्रभावित।
२१ माघ २०७८,काठमाण्डौ।
वर्षा र हिमपातले देशका विभिन्न ठाउँको जनजीवन कष्टकर भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावसँगै काठमाण्डौ उपत्यकाका शिवपुरी, फुल्चोकी र चन्द्रागिरिका साथै मकवानपुरको दामन र सिमभञ्ज्याङमा हिउँ परेको छ । हिमपात धेरै भएका क्षेत्रमा यातायात सेवा समेत प्रभावित भएका छन् । त्रिभुवन राजपथको सिमभञ्ज्याङ्ग र अघोरमा बाक्लो हिउँ परेपछि हेटौँडा–काठमाण्डौ यातायात बन्द भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । त्रिभुवन राजपथमा यातायात बन्द भए पनि पूर्व-पश्चिम राजमार्ग र भीमफेदी–कुलेखानीतर्फ यातायात सेवा चलिरहेको प्रहरीले जनाएको छ ।
सोलुखुम्बुको सदरमुकाम सल्लेरी लगायतका ठाउँमा हिमपात हुँदा गाडी चल्न नसकेकाे यातायात व्यवसायी दोर्जी शेर्पाले बताउनुभयो । त्यस्तै बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, सतबाँझ क्षेत्रमा भएको हिमपातले महाकाली राजमार्ग र अनारखोली, खोड्पे क्षेत्रको हिमपातले दशरथचन्द राजमार्ग अवरुद्ध भएकाे बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।
यसैबीच कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा हिमपातका कारण हवाई उडान प्रभावित भएको छ । नेपालगञ्ज र सुर्खेतबाट उडानमार्फत गरिँदै आएको खाद्यान्न ढुवानी हिमपातका कारण रोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा