
बर्दियामा बस दुर्घटना हुँदा ३५ जना घाइते।
२० माघ २०७८,काठमाडौं।
बर्दियामा यात्रुवाहक बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । बिहिबार बाँसगढी नगरपालिका वडा नम्बर ३ स्थित पूर्वपश्चिम राजमार्गमा बस सडक किनारमा पल्टिएको हो ।
प्रहरीका अनुसार बिहिबार बिहान कालिकोटबाट महेन्द्रनगरतर्फ गैरहेको ना ५ ख ५३८२ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएकाहरु मध्ये ११ जनालाई थप उपचारको लागि कोहलपुर लगिएको जनाइएको छ। थप्प विवरण आउन बाकी।