सार्वजनिक यातायातमा जोर-बिजोर हटाउने उपत्यकाका सीडीओको निर्णय।
१४ माघ २०७८, काठमाण्डौं

शुक्रबार बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक सवारीमा लागू भएको जोर-विजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
निजी सवारी र ट्याक्सीहरुमा भने सो व्यवस्था कायमै रहेको छ।
सो निर्णय आज मध्यरातिबाट नै लागू हुने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।
यसअघि शुक्रबार नै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।
कोभिडको उच्च जोखिम कायम रहेको निष्कर्ष निकाल्दै सीसीएमसीले तत्काल सबै क्षेत्रलाई खुलाउन नसकिने निर्णय गर्दै अहिलेलाई सार्वजनिक यातायातमा कायम जोर बिजोरलाई हटाउन सिफारिस गरेको हो ।
यस्तै विद्यालय, रात्रीकालिन व्यवसाय र फिल्म हल पनि माघ मसान्तसम्म बन्द नै राख्ने निर्णय पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय