बन तथा बाताबरण मन्त्री यादव लाई जिल्ला समन्वय समिति बारा द्वारा स्वागत तथा सम्मान कार्यक्रम गरिएको छ।

अमरेस कुमार पाण्डेय। असोज २९

बारा को कलैया स्थित जिल्ला समन्वय समिति को सभा हल मा नव नियुक्त बन तथा बाताबरण मन्त्री रामसहाय प्रसाद यादब लाई जिल्ला समन्वय समिती बाराले स्वागत तथा सम्मान गरेको छ ।

बाराको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य यादब अत्यन्तै ईमान्दार कुशल एवम परिपक्व राजनितिक बिचारधाराका ब्यक्तितब भएको जिल्ला समन्वय समिती बाराका सभापति नवलकिशोर सिंहले बताए ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै बन मन्त्री यादबले बिजया दशमिको शुभकामना सहित जिल्लाको बिकासका लागि सरकार सङ्ग बिशेष पहल गर्ने बताएका छन ।

जिल्ला समन्वय समिति बाराको अध्यक्ष नवल किशोर सिंहको सभापतित्वमा सम्पन्न स्वागत एवम सम्मान कार्यक्रममा प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादब,प्रदेश सान्सद पारस साह,पुर्व रास्ट्रीय सभा सदस्य रमेश यादब संविधान सभा सदस्य आतमा राम साह नेपाल परिवार दल बारा को जिल्ला अध्यक्ष रामचन्द्र चौधरी , जसपा का नेता कमलेश मण्डल जसपाका कलैया नगर अध्यक्ष शिवनाथ पटेल,जसपा युवा नेता मनिश यादब, बन मन्त्री यादबका स्वकिय सचिव मन्जारुल अन्सारी, जिल्ला समन्वय समिति बाराका सम्पुर्ण सदस्य सहित जसपाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

स्वागत तथा सममान कार्सममानको संचालन जिल्ला समन्वय समिति बारा को ना सु राजिव यादव ले गर्नु भएको थियोे तथा स्वागत मन्तव्य जिल्ला समन्वय समिति बारा को उप प्रमुख पवन कुमार ब्याहुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय