सदर चिडियाखाना एक हप्ताको लागि बन्द।
१० माघ २०७८,काठमाण्डाै।
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सदर चिडियाखाना बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरको निर्देशनअनुसार तत्काललाई एक हप्ताको लागि चिडियाखाना बन्द गरिएको चिडियाखानाकी प्रमुख रचना शाहले जानकारी दिनुभयो । एक हप्तापछिको अवस्था हेरेर फेरि निर्णय हुने उहाँले बताउनुभयो ।
अघिल्लो हप्ता मात्र चिडियाखानामा एक पटकमा पाँच सय मात्र प्रवेश गर्न पाउने नियम बनाइएको थियो । तर सङ्क्रमण बढ्दै गएपछि चिडियाखाना बन्द गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय