महानगर र ठेकेदारको लापरवाहीले एउटा गैंडाको निधन।
०९ माघ २०७८,चितवन।
सडकको नाली बनाउँदाको खाल्डोमा परेर गैंडा मरेको छ। भरतपुर महानगरपालिका-९ गोन्द्राङमा पूर्व पूर्वपश्चिम राजमार्गमा सडक विस्तारको लागि बनाइएको नाली छेउको खाल्डोमा परेर अन्दाजी १२ वर्षको भाले गैंडा मरेको हो ।
नजिकैको वनदेवी सामुदायिक वनबाट भाग्ने क्रममा दिउँसो खाल्डोमा भासिएपछि निस्कन नसकेपछि मरेको हो गोन्द्राङदेखि पुल्चोकधसमम ६ लेनको सडक विस्तारको लागि नाली बनाइएको हो । नाली बनिसकेको भए पनि खाल्डो नपुर्दा खसेर गैंडा खसेको हो ।
खाल्डो नपुरेपछि गैंडा खसेर मरेको हो । अर्को गैडासँग जुध्दा भागेको हुनसक्ने आशंका गरिएको छ। वनमा लगाइएको तार जाली भत्काएर बाहिर आएको थियो । ‘तारजाली भत्काएर बाहिर आएको हुनाले जुधेर भागेको हुनसक्ने आशंका हो, हामी अनुसन्धान गर्दैछौ।, निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले भने, ‘खाल्डो पुरेको भएको गैंडा मर्थेन कि भन्ने देखियो। विकास निमार्णको काम संरक्षणमैत्री नभएको देखिएको हुँदा यसमा सचेत गराउँछौं । बाँकी हामी अनुसन्धान गर्छौं।’ उक्त क्षेत्र गैंडालाई सामुदायिक वनमा पोष्टमार्टम गरिएको छ। गैंडाको खाग र खुर निकालेर खाल्डोमा गाडिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा