बारा सशस्त्र बिओपि कै मिलोमतोमा तस्करी हुदै।
०९ माघ २०७८, अमरेस कुमार पाण्डेय। बारा
बारामा सशस्त्र बोडर आउट पोष्ट ( बिओपी ) कै मिलोमतोमा तस्करी भईरहेको जानकारी प्राप्त भएको छ। सिमाको सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र बिओपी नै तस्करी गराउन ब्यस्त रहेको रहस्य बाहिर आएको छ।
बाराको दक्षिण झिटकैया बिओपि ईन्चार्ज सशस्त्र प्रहरी नायब निरीक्षक चन्द्र यमलाई मगरले नै रातिको समयमा तस्करहरुसँग पैसा लिई तस्करी गराउने गरेको तथ्य बाहिर आएको छ। मगरले रातिको समयमा आफै बाराको आमवा नाकामा गई बस्ने तथा असुलि गर्ने गरेका छन। साथै डियुटी गर्ने जवानहरुको पनि मिलोमतो रहने गरेको छ।
सिमानाका बाट तस्करी निरुत्साहित पार्ने उद्देश्यले राखिएको बिओपी ऐेरियाबाट नै कपडा र चप्पल आईरहेकोले यहि शुक्रबार र शनिबार सशस्त्र प्रहरी गणको टोलि र जिल्ला प्रहरीको टोलिले पक्राउ गरेको थियो। यसले पनि प्रमाणित भएको छ कि अमवा नाकाबाट तस्करी फस्टाएको छ।
आमवा नाकाबाट तस्करी गर्नेमा जोखन साह , मुक्ति यादव कपडाको तस्कर , हरि यादव , शिवपुजन यादव , जग्गा साह कपडा , सुर्ति , चप्पल तस्कर रहेका छन। ति तस्करहरु आदापुर टिसनबाट समान उठाई भारत बिहारको मुरतिया टोला हुदै आमवा नाकाबाट तस्करी गर्ने गरेका छन।
ति तस्करीबाट मगर लगायत डिउटीमा खटिने जवानहरु दैनिक १० हजार सम्म लिने गरेको नाम उल्लेख नगर्ने सर्तमा एक तस्करले जानकारी दिएको छ।
दक्षिण झिटकैया बिओपिका ईन्चार्ज सशस्त्र प्रहरी नायब निरीक्षक मगरसँग फोनमा प्रतिक्रिया लिंदा आउनु भेटम । बसेर कुरा गरौ भनि बताएका छन । साथै यस बिषयमा केहि प्रतिक्रिया दिएका छैनन्।
यसरी सिमानाकाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी नै तस्करी गराउनमा ब्यस्त रहेको देखेर समाजसेबिहरु दु:ख ब्यक्त गरेका छन। यिनिहरुको कै कारणले राजस्वमा कमि आएको समेत बताएका छन।