आज विश्व कुष्ठरोग दिवस मनाइँदै।
०९ माघ २०७८, काठमाडौं।
जनवरी महिनाको अन्तिम आइतबार आज हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाइने गरिन्छ । त्यसैले आज नेपालमा पनि ६९औं विश्व • कुष्ठरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
सन् १९५४ देखि कुष्ठरोगविरुद्ध जनचेतना फैलाउने उद्देश्यले विश्वभर यो दिवस मनाउन थालिएको हो
नेपालले सन् २०१० मा नेपालबाट कुष्ठरोग हराएको घोषणा गरेको थियो । यद्यपि नयाँ बिरामी भने देखिन थालेका छन् सरकारी तथ्यांक अनुसार हरेक वर्ष तीन हजारभन्दा बढी कुष्ठरोगका बिरामी थपिने गर्दछन् ।
माइकोब्याक्टेरियम लेने र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस जीवाणु ब्याक्टेरियाको संक्रमणले कुष्ठरोग लाग्ने गर्छ ।
कुष्ठरोगको समयमै उपचार हुनुपर्दछ । यसो नभएको खण्डमा बिरामी अपांग हुनेमात्र नभई ज्यानै गुमाउने सम्भावना हुने चिकित्सकहरू बताउँछन् ।
नेपालका १७ जिल्लाबाट अझै यो रोग हट्न सकेको छैन उदयपुर, रुपन्देही, महोत्तरी, बर्दिया, रौतहट, मोरङ, नवलपरासी पश्चिम, सिरहा, कपिलवस्तु, अछाम, कैलाली, झापा, सर्लाही, पर्सा, बाँके, बारा र धनुषामा अझै पनि कुष्ठरोग हट्न नसकेको हो ।
बिरामीमाथि हुने सामाजिक विभेदका कारण पनि रोग नियन्त्रण चुनौतीपूर्ण हुँदै गएको छ चिकित्सकहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय