काठमाडौँ उपत्यकामा मात्रै थपिए १९१६ संक्रमित।
२९ पुष २०७८,काठमाडौँ।
बिहीबार काठमाडौँ उपत्यकामा १ हजार ९१६ कोभिड-१९ संक्रमित थपिएका छन् । काठमाडौँमा १ हजार ४४९, ललितपुरमा ३ सय १७ र भक्तपुरमा १ सय ५० संक्रमित थपिएका छन् ।
त्यसैगरी देशभर तीन हजार ५ सय ३५ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ८१ जनाको कोभिड परीक्षण गरिएको थियो । २४ घण्टामा दुई सय ७१ जना संक्रमण मुक्त भएका छन् । हालसम्म ८ लाख १५ हजार ३४७ जना संक्रमणमुक्त भइसकेका छन् ।
कोभिड संक्रमणकै कारण एक जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ६१० जनाको मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमित १४ हजार ३४० जना छन् । आज मात्र तीन लाख ५६ हजार ४ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय