लायन्स क्लब अफ कलैया द्वारा पाठ्यसामग्री वितरण।
२७ पुष २०७८, बारा अमरेस कुमार पाण्डेय।
लायन्स क्लबका फाउन्डर भेलभिन जोन्सका १४३ औं जन्मोत्सवको अवसरमा एक सप्ताह चलने कार्यक्रम कलैया उपमहानगरपालिका स्थित सरस्वती बिधा मन्दिर कलैया :-७ मा १५० /- (एक सय पचास) छात्रछात्रालाई कपि,पेन्सिल,इरेजर,कटर,चकलेट लगायतका पाठ्यसामग्री वितरण गरेकोछ।
पाठ्यसामग्री वितरण मुकेश साह र इन्द्रजित कुश्वाहाको संयोजकत्वमा भएको कार्यक्रममा लायन्स क्लब अफ कलैया बाराका अध्यक्ष दिलिप साह,कलैया उपमहानगरपालिका वडा:-७ का निर्वाचित वार्ड अध्यक्ष सर्फुल्लाह अंसारी,कलैया उपमहानगरपालिका शिक्षा शाखाका बिनोद अधिकारी सरस्वती बिधा मन्दिरका प्रीन्सिपल बिनोद पासवान ,लायन्स क्लब अफ कलैया बाराका उपाध्यक्ष नवीन अग्रवाल ,सचिव सुर्यजित सिंह,कोषाध्यक्ष सुभाष जयसवाल सदस्य प्रदिप साह,बृजकिशोर साह,शिवजी यादव,पवन कुश्वाहा,श्याम खेतान,सरस्वती बिधा मन्दिरका शिक्षक लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय