काठमाडौं उपत्यकामा स्मार्ट लकडाउन।
२७ पुष २०७८, काठमाडौं ।
काठमाडौं उपत्यकामा स्मार्ट लकडाउनु हुने भएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनसहित कडाइ गर्ने निर्णय गरेको हो ।
स्मार्ट लकडाउनमा आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी कार्यविधिअनुसार आदेश जारी गरिएको छ ।
मास्कको प्रयोग अनिवार्य गर्ने, साबुनपानीले हात धुनेजस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउने उल्लेख छ ।
यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाउने, सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने, सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने, माघ १५ सम्म विद्यालय गर्नेलगायत निर्णय भएको छ। ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले पनि यही सूचना लागू गर्ने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा