पार्टीहरुमा रहेका दलित संगठनको काम छैन्, पार्टी कब्जा गरौं: विद्रोही।
पौष २६ दांग घोराही, प्रदिप सिंह।
राष्ट्रिय दलित मुक्ति जागरण अभियानका केन्द्रीय संयोजक तथा पूर्वी इन्चार्ज राजेश विद्रोहीले राजनीति दलमा भातृ संगठनको रुपमा रहेको दलित संगठनहरुको कुनै अौचित्य नरहेको बताएका छन् ।
आइतबार दांगको घोराहीमा आयोजित राष्ट्रिय दलित मुक्ति जागरण अभियानको जागरण आमसभालाई सम्बोधन गर्ने क्रममा उनले भने – ´राजनीतिक दलमा रहेका दलित संगठनहरुको कुनै अौचित्य छैन् । दलित समुदाय र नेतृत्वलाई भ्रममा पारेर भोट बैंकको रुपमा मात्र प्रयोग गरेकाले यो ललिपपे दलीय न्याय, मुक्ति र अधिकारको विषय असफल भइसकेकाले विभिन्न दलभित्र रहेका दलित नेतृत्वहरुले आफ्नो पार्टी कब्जा गर्न अगाडि बढे जागरण अभियान साथ दिने बताएका छन् ।`
जिल्ला संयोजक केशव नेपालीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि जागरण अभियानका पश्चिम संयोजक खगेन्द्र सुनार अतिथिहरुमा प्रथमलाल राम, प्रेम बैगार, प्रेम बीसी, कमला नेपाली, विष्णु देवकोटा, खडक बुढाथोकी, सुनील देवकोटा, प्रकाश श्रेष्ठ, राजु खनाल, शंकर डाँगी, अनिता देवकोटा लगायतका गैरदलित समुदायको पनि साथ रहेका थिए ।