नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनको उम्मेदवारको अन्तिम नामवली प्रकाशन भएको छ।

शनिबार बिहान ८ बजे नै प्रकाशित गर्ने भनिएको उम्मेदवारकाे अन्तिम नामावली अपराह्न साढे चार बजे प्रकाशित भएकाे हो।

दिउँसो १२ बजेदेखि नै मतदान सुरू गर्ने कार्यतालिका रहेपनि नामावली प्रकाशनमा ढिला भएपछि अहिलेसम्म मतदान सुरू हुन सकेको छैन।

अन्तिम नामवली प्रकाशित भएसँगै अब मतदान प्रक्रिया अगाडि बढ्ने देखिएकाे छ।

एमालेको कर्णालीको नयाँ नेतृत्वका लागि अध्यक्षमा तीन जनाको उम्मेदवारी छ। शुक्रबार पाँच जनाले उम्मेदवारी दिएकोमा दुई जनाले फिर्ता लिएका थिए। कालीकोटका प्रेमबहादुर सिंह र दैलेखका राजबहादुर शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।

मिनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकायाको उम्मेदवारी अध्यक्षमा कायम छ। शाही स्थायी कमिटी सदस्य गोरख बोगटी पक्षका हुन् भने शाह यामलाल कँडेल समूहका हुन्।

नामावली अनुसार अध्यक्षका लागि तीन जना, उपाध्यक्षका लागि तीन, सचिवमा दुई, उपसचिवका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय