प्रतिनिधि सभाको बैठक फेरि स्थगित
२१ पुष २०७८, काठमाडौं।
प्रतिनिधि सभाको बैठक फेरि स्थगन भएको छ। संसद् सचिवालयले सूचना टाँसेर एक साता सरेको जनाएको छ।
प्रतिनिधि सभाको बैठक दोस्रो पटक स्थगन भएको हो। २२ पुस बिहीबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक २८ पुससम्म स्थगन भएको छ।
संघीय संसद्का महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक स्थगन गरेको जनाएको छ। अर्को बैठक २८ पुसमा बस्ने सूचनामा उल्लेख छ। यसअघि १८ पुसमा प्रतिनिधि सभाको बैठक बोलाइएको थियो। नेकपा (माओवादी केन्द्र)को महाधिवेशनका कारण स्थगन गरेर २२ पुसमा बोलाइएको थियो। यस पटक पनि फेरि एक साता पछि सारिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय