मंगलबार नेप्से परिसूचक १८.४५ अंकले बढेको छ।

यसदिन नेप्से ०.९२ प्रतिशतले बढेर २०२२.९१ बिन्दुमा बन्द भएको छ।

मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन १ अर्ब ५६ करोड ५५ लाख ७३ हजार ४७१ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर २ अर्ब ९ करोड ३८ लाख ९ हजार ५१८ रुपैयाँ पुगेको छ।

यस दिन २८६ वटा धितोपत्रको ८७ लाख ४ हजार ४७७ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार तीन वटा जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

मंगलबार एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ७८८ रुपैयाँ ६० पैसामा ८ करोड ३४ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ०.४३ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४७८ रुपैयाँ १० पैसामा ७ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक ०.१८ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक ३.०९ प्रतिशतले बढेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय