प्रदेश-०२ किसान आन्दोलनमा चल्यो गोली दर्जनौ घाइते।

१८ पुष २०७८, काठमाडौं।
धनुषामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन भन्दै प्रहरीले गोलीसमेत चलाएको छ । प्रहरीले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहमा आन्दोलनरत जनमत पार्टीका कार्यकर्तामाथि गोली चलाएको हो ।
घटनामा करिब ६-७ जना प्रहरी र ५ प्रदर्शनकारी घाइते भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।
घाइतेहरू अवस्था सामान्य रहेको र उनीहरूको स्थानीय अस्पतलमा उपचार भइरहेको उनले बताए ।
सिके राउत नेतृत्वको जतमत पार्टीका कार्यकताले किसानलाई मलखादको माग गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेपछि प्रहरीले गोली चलाएको प्रजिअ बास्तोलाको भनाइ छ।घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय