
मलामी बोकेको बस दुर्घटना हुँदा पाल्पामा ७ जनाको मृत्यु।
१८ पुष २०७८, काठमाडौं।
पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पाको पाल्पा रिब्दिकोट-२ लगुवामा दुर्घटनाग्रस्त भएको छ।
लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ८ जना घाइते भएका छन्।
घटनास्थलमा पुगेर प्रहरी पुगेले उद्धार कार्य थालेको छ। बसमा ३५ जना मलामी रहेको बताइएको छ। घटनाको थप विवरण आउन बाँकी छ।