माओवादी सांसदको आग्रहमा प्रतिनिधि सभाको बैठक स्थगित।
१८ पुष २०७८, काठमाडौं।
नेकपा (माओवादी केन्द्र) का सांसदको आग्रहमा प्रतिनिधि सभाको आजको बैठक स्थगित गरिएको छ।
संघीय संसद्का महासचिव भरतराज गौतमले सूचना प्रकाशित गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको जनाएका छन्। विशेष कारणले आजको बैठक स्थगित भएको र अर्को बैठक २२ पुसमा बस्ने गौतमले जनाएका छन्।
सूचनामा भनिएको छ, “मिति २०७८ साल पुस १८ गते आइतबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणवस सो दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल पुस २२ गते बिहीबार दिनको १ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। माओवादीको महाधिवेशन काठमाडौंको प्रज्ञा भवनमा जारी छ। माओवादी सांसदहरू महाधिवेशनमै व्यस्त रहेकाले प्रतिनिधि सभाको बैठक स्थगित गर्न आग्रह गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा