सम्सी गाउँपालिकाकाे लेखापाल माथि आक्रमण
नरेन्द्र महाेत्तरी असाेज २५
महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत मोहिबुल अन्सारीले गुण्डा शैलिमाआफु माथि साेमवारआक्रमण गराएकाे लेखापाल नरेन्द्र यादवले बताएका छन।
मोहिबुल अन्सारीले गैर कानुनी रुपमा अाफ्ना आसेपासे १० जना क्रमचारिलाई नियुक्ति गरेका थिए। उनिहरुको तलब भता निकासा नगरिएको कारण मेराे निजि घरमा गएर अाक्रमण गरेकाे यादवले बताए ।
२०७८ जेष्ठ ३ गते मोहिबुलले मिलोमतोमा गैरकानुनी रुपमा क्रमचारी भर्ना गरेका थिए, पुन : २०७८ श्रावन १९ गते म्याद थप गरि कानुनकाे खिल्लि उडाएका छन ।
तर सो कर्मचारीहरुलाई तलब दिनको लागि मोहिबुल अन्सारीले पटक पटक धाक धम्कि दिदै आएको यादवले गुनासो गरेका छन् ।
आज मोहीबुल अन्सारीको निर्देशनमा लेखापालको घरमा करिव २०/ २५ जनाको समुहले गएर तोडफोड गरेकाे र ज्यान मार्ने धम्कि समेत दिएका छन् ।
गाउँपालिकाका उक्त कर्मचारीहरुको बजेट नै नरहेको र नियुक्ती पनि गैर कानुनि रुपमा भएकोले तलब खुवाउन कानुन विपरित देखिएकोले तलब दिन असमर्थ रहेको लेखापाल यादवले बताए ।
तलब नदिए पछि मोहिबुल अन्सारीको निर्देशनमा ज्यान मर्ने धम्कि आएको र कुनै पनि बेला उनको ज्यान जोखिममा रहेकोले शान्ति सुरक्षा र आवश्यक कारवाहीको माँग गर्दै मोहिबुल अन्सारी लगायत १० जना कर्मचारी माथि जिल्ला प्रसाशन कार्यालयमा उजुरी दिएको उनले जानकारी दिएका छन् ।
धम्कि दिनेहरुमा मेडिकल अधिकृत रमेश प्रसाद सिंह , अहेब महफुज आलम , अहेब मो. हसन तबारक अन्सारी , अहेब कृष्ण कुमार झा , अनमी फर्जाना खातुन , अनमी अर्चना कुमारी ,ल्याब असिस्टेन्ट मो. रउफ आलम ,का.स. अबुताहा शेष ,पाले सबिर अन्सारी र पाले मो. एजाज आलम रहेका छन ।