जनमत पार्टीको हडतालपछि सिरहामा स्थानीय प्रशासन द्वारा निषेधाज्ञा जारी।
१३ पुष २०७८, सिरहा।
प्रदेश नम्बर २ सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जनमत पार्टीले केही दिनदेखि सिरहा जिल्लामा गरिरहेको आमहडताल र चक्काजामका कारण सर्वसाधारणमा पर्न सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै मंगलबार र बुधबार जिल्लामा निषेधाज्ञा लगाएको जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी कवारीले आज र भोलि बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा लगाएको जानकारी दिए।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९२० र ९३० बमोजिम कुनै किसिमको भेला हुन, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी जिल्लामा निषेधाज्ञा जारी गरेका छन्।
यस अवधिमा राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा भने यातायात सुचारु रहने जनाइएको छ ।
स्थानीय प्रशासनले आदेश उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्नेसमेत जनाएको छ।
स्थानीय प्रशासनले पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर–दक्षिण ५०० मिटर आसपासका क्षेत्रसम्म, चोहर्वादेखि सिरहा सडकखण्डको पि.के.राज इन्टरप्राईजेज (पेट्रोल पम्पसम्म) तथा सो मार्गको ५०० मिटर पूर्व–पश्चिम आसपास क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको छ।जनमत पार्टीले किसानलाई नियन्त्रणमा लिएको भन्दै उनीहरूलाई छाड्न विभिन्न मागसहित जिल्लामा बन्द हडताल गरेका छन्। सो क्रममा गाडीमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन्।
केही दिनअघि औरही गाउँपालिलाले किसानलाई वितरण गर्न राखेको गहँुको बीउ वितरणमा ढिलो गरेपछि किसानले लुटेर लगेका थिए । पछि प्रहरीले यस घटनामा एक जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएपछि जनमतका कार्यकर्ताले बन्द हडताल गरेका छन्।