सिरहामा जनमत पार्टीको हडताल दर्जनौं गाडी तोडफोड, आश्रुग्यास समेत प्रहार।
११ पुष २०७८, सिरहा।
प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित आधा दर्जन सवारी साधनमा तोडफोड गरिएको छ । जनमत पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै आईतबार सिरहा जिल्लाभरि आम हडतालको घोषणा गरेको थियो । आईतबार एक दिनको लागि अति आवश्यक बाहेक सम्पूर्ण शैक्षिक सँस्थान, कलकारखाना, यातायात समेत बन्द गर्न घोषणा गरेको थियो ।
सिरहाको मिर्चैयामा मिर्चैया देखि पूर्व बतहा खोलास्थित, मिर्चैया बजार लगायत पूर्व पश्चिम राजमार्गमै विभिन्न ठाउँमा तोडफोड भएको हो ।
स्थिति आक्रमक बनेपछि रोक्नको लागि सिरहा प्रहरीले ७ राउण्ड आश्रुग्यास प्रहार गरेको बताइएको छ । अहिले स्थिति समान्य रहेको र यातायात समेत पातलो रुपमा चल्न थालेको बताइएको छ ।सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच केही बेर झडप समेत भएको थियो । झडपको क्रममा केही प्रहरी र प्रदर्शकारी समेत घाईते भएको जनाईएको छ । गत साताको मँगलबार सिरहाको औरही गाउँपालिकाबाट किसानहरुले गहुँको बीउ लगेपछि प्रहरीले एक किसानलाई पक्राउ गरेको हो । उनको रिहाईको माग गर्दै जनमत पार्टीले आन्दोलन स्वरुप एक दिने आम हडतालको घोषणा गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा