हुम्लामा भारी हिमपात हुदाँ उत्तरी क्षेत्रको जनजीवन प्रभावित।
१० पुष २०७८, काठमाडौं।
हुम्लामा शनिबार बिहानैदेखि हिमापात सुरु भएको छ । सदरमुकाम सिमकोटमा एकदुई इन्चजति हिउँ परे पनि उत्तरी क्षेत्रमा भने तीन फिटसम्म हिँउ जमेको छ ।

जिल्लाको उत्तरी भेगमा नाम्खा गाउँपालिकामा भने सदरमुकाम सिमकोटभन्दा बढी तीन फिट जति हिउँ जमेको छ।भारी हिमपातसँगै स्थानीयको जनजस्वन प्रभावित भएको छ। हुम्लामा हिमपातका कारण चिसो अत्यधिक बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ । हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा, नारा, न्यालु लगायतमा आवतजावतमा थप कठिनाइ भएको छ । एक गाउँबाट अर्को गाउँसम्मको आवतजावत रोकिएको छ । यस्तै सदरमुकाममा चहलपहल न्यून छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय